Article detail

टेस्ट क्रिकेटमा ब्रोडको ६ सय विकेट पुरा

टेस्ट क्रिकेटमा ब्रोडको ६ सय विकेट पुरा

काठमाडौंँ । अस्ट्रेलिया विरुद्ध एसेज सिरिजको चौथो खेलमा इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोडले इतिहास रचेका छन् । उनले चौथो टेष्टको पहिलो दिन तेस्रो सत्रमा हेडलाई आउट गर्दै टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गरेका छन् । टेस्ट क्रिकेटमा ६ सय विकेट लिने ब्रोड पाँचौं बलर बनेका छन् । उनीभन्दा अगाडि मुरलीधरन, शेन वार्न, एन्डरसन र अनिल कुम्बलेले यो किर्तिमान बनाएका छन् ।

चौथो टेस्ट सुरु हुनुअघि ब्रोडलाई यो उपलब्धि हासिल गर्न दुई विकेट आवश्यक थियो। चौथो टेष्टको पहिलो दिन सुरुवातमै उनले ख्वाजालाई प्याभिलियन फर्काए । योसँगै ब्रोडले ५ सय ९९ विकेट पुरा गरे । त्यसपछि तेस्रो सत्रको सुरुमै उनले हेडलाई ४८ रनमा आउट गर्दै टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गरे ।

टेस्ट क्रिकेटमा यो कोसेढुङ्गा हासिल गर्न ब्रोडलाई १६ वर्ष लाग्यो। उनले सन् २००७ मा टेस्ट डेब्यू गरेका थिए । त्यसपछि सबैभन्दा लामो ढाँचाको क्रिकेटमा पछाडि फर्केर हेरेनन्। ब्रोडले १ सय ६६औँ टेस्टमा यो किर्तिमान बनाएका हुन् । यो उपलब्धि हासिल गर्ने उनी इंग्ल्याण्डका दोस्रो फास्ट बलर हुन् । ब्रोडसँगै इंग्ल्याण्ड एन्डरसनले पनि टेस्ट क्रिकेटमा ६ सय भन्दा बढी विकेट लिएका छन् ।

ब्रोड र एन्डरसन भन्दा पहिले, यो सूचीमा केवल स्पिनरहरूले नाम लेखाएका थिए । टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने कीर्तिमान मुरलीधरनको नाममा छ । मुरलीधरनले ८ सय विकेट लिएका छन् । त्यसपछि अष्ट्रेलियाका स्पिनर शेन वार्नको नम्बर आउँछ। वार्नले टेस्ट क्रिकेटमा ७ सय ८ विकेट लिएका छन् । यो सूचीमा एन्डरसन तेस्रो स्थानमा छन्, उनले ६ सय ८८ विकेट लिएका छन् ।

भारतका अनिल कुम्बले ६ सय १९ विकेटका साथ यो सूचीमा चौथो स्थानमा छन् । यद्यपि ब्रोडसँग कुम्बलेलाई पछाडी पार्दै यो सूचीमा चौथो स्थानमा पुग्ने मौका छ।

 

थप समाचार :

एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने

सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण

सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या : सदस्यसचिव वाग्ले

मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्रा भण्डारीको बिदाइ

युरोपेली फुटबल क्लबबाट खेल्न जान लागेकी भण्डारीलाई मन्त्री लिम्बूको बधाई

Write A Comment

Please Login to comment.