एशिया कपको मस्यौदा तालिका सबै टोलीलाई पठाइयो, चाँडै मिती सार्वजनिक हुने
काठमाडौंँ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले पाकिस्तान र श्रीलंकामा आयोजना गर्ने एसिया कप २०२३ को खेल तालिका अहिलेसम्म सार्वजनिक भएको छैन । अगस्ट ३१ बाट सुरुहुने प्रतियोगिता हाइब्रिड मोडलमा खेलाइने छ । प्रतियोगिताको फाइनल खेल १७ सेप्टेम्बरमा हुनेछ । एसिया कपको उद्घाटन खेल पाकिस्तानमा हुनेछ भने बाँकी खेलहरु श्रीलंकामा हुनेछ ।
मिडिया रिपोर्टका अनुसार एसिया कपको तालिकालाई एसीसीले जुलाई ९ देखि १६ सम्म दक्षिण अफ्रिकाको डर्बनमा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वार्षिक महासभाको बैठकमा अन्तिम रूप दिनेछ । द डनको रिपोर्टका अनुसार एसिया कपको तालिका तय गर्न बीसीसीआई सचिव जय शाहको नेतृत्वमा एसीसीको बैठक पनि बस्नेछ ।
यसैबीच एसीसीले प्रतियोगिताको मस्यौदा तालिका सबै टोलीलाई पठाएको छ ।
एसिया कप २०२३ मा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालका टोली रहेका छन् । नेपालले पहिलो पटक खेल्न लागेको यो प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइनेछ । प्रतियोगिताको ४ खेल पाकिस्तानले आयोजना गर्नेछ । फाइनल सहित बाँकी ९ खेल श्रीलंकामा आयोजना हुनेछ । प्रतियोगितामा लिग चरण, सुपर–४ र फाइनल गरी कुल १३ खेल हुनेछन् । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा परेका छन् भने साविक विजेता श्रीलंका, अफगानिस्तान र बंगलादेश अर्को समूहमा छन् ।
थप समाचार :
शीर्ष वरीयताका अल्कारेज विम्बल्डनको प्रि-क्वार्टरफाइनलमा
मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
हामी पनि विश्वकप खेल्न जाँदैनौ : खेलकुद मन्त्री एहसान मजारी
क्रिकेट खेलाडीहरुलाई एसपीएको सम्मान

टिप्पणी लेख्नुहोस्