लेख विवरण

मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं मास्टर्स मिट तथा दोश्रो राष्ट्रिय रेफ्री सेमिनारको सोमबार उद्घाटन गरेका छन् । नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।

मास्टर्स मिटमा विभिन्न ५ प्रदेशका २ सय ५० जनाको सहभागिता रहेको नेपाल कराते महासंघका वरिष्ठ उपाधयक्ष समेत रहेका वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् । पहिलोदेखि पाँचौं डानसम्मका मास्टर्स मिटमा सहभागी छन् । रेफ्री सेमिनारमा पनि ५ प्रदेशका ५० जना सहभागी छन् । कार्यक्रम मंगलबार सम्पन्न हुनेछ ।

बुधबार वादोरियो कराते संघको साधारण सभा तथा निर्वाचन पनि काठमाडौंमा हुँदैछ । साधारण सभाका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको प्रमुख प्रशिक्षक केसीले जानकारी गराए ।

 

थप समाचार :

एसिया कपअघि यी २ खेलाडीले गरे सन्यासको घोषणा

न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

मकवानपुर जिल्ला क्रिकेट संघद्धारा सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि आव्हान

कर्णाली प्रदेशमा रङ्गशाला निर्माणको प्रगति ६० प्रतिशत

एसीसी इमर्जिङ कप खेल्ने नेपाली टोली श्रीलंका प्रस्थान

टिप्पणी लेख्नुहोस्

Please Login to comment.