सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : खेलकुदमन्त्री
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् ।
शरदचन्द्र शाह मेमोरियल फाउण्डेनको आयोजनामा लेखक नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको आज यहाँ विमोचन गर्दै उनले सरकार र निजी क्षेत्र नमिलीकन नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताए ।
“निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको छ, सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ”, मन्त्री लिम्बूले भने । उनले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताए । इमान्दार प्रयासका साथ आफू नेपालको खेल क्षेत्रको विकासमा लागेको उनको भनाइ थियो ।
थप समाचार :
नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक
प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिसको लगातार तेस्रो जित
एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु
नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण

टिप्पणी लेख्नुहोस्