लेख विवरण

नेपाल सम्मिलित एसिया कपमा भारतले बलियो टोली पठाउने

नेपाल सम्मिलित एसिया कपमा भारतले बलियो टोली पठाउने

काठमाडौंँ । एसिया कप २०२३ अगस्ट ३१ बाट पाकिस्तानमा सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल १७ सेप्टेम्बरका दिन श्रीलंकामा हुनेछ । योसँगै एसिया कपमा बीसीसीआईले १५ सदस्यीय बलियो टोली पठाउन सक्ने सम्भावना रहेको छ । बीसीसीआईले यसपटक ५ फास्ट बलर र ६ ओपनरलाई टोलीमा मौका दिने विश्वास गरिएको छ ।

यसका लागि बीसीसीआईले चाँडै नै भारतीय टोली घोषणा गर्ने सम्भावना रहेको छ । सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा हुने भएकोले एसिया कपमा छनोट हुने टोली नै विश्वकपका लागि पनि छनोट हुन सक्ने अनुमान गरिएको छ । जसका कारण एसिया कपमा भारतले ६ ओपनरलाई मौका दिन सक्छ । जसमा कप्तान रोहित शर्मासँगै युवा खेलाडीहरू पनि सामेल छन्। ओपनरमा शिखर धवन, शुभमन गिल, यशस्वी जैसवाल, ऋतुराज गायकवाड र इशान किशन जस्ता खेलाडीहरुले मौका पाउने सम्भावना रहेको छ ।

श्रीलंकामा हुने एसिया कपमा स्पिनर र फास्ट बलरलाई सहयोग पुग्ने विश्वास गरिएको छ । जसकारण भारतीय टोलीले आफ्ना फास्ट बलरहरूमा बढी ध्यान दिनेछ र उसले टोलीमा ५ फास्ट बलरहरुलाई समावेश गर्न सक्छ। चोटका कारण बाहिर रहेका जसप्रित बुमराह पनि एसिया कपबाट टोलीमा फर्कन सक्नेछन् । भारतले जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, अर्शदीप सिंह र उमरान मलिक जस्ता फास्ट बलरलाई एसिया कपमा प्रयोग गर्न सक्छ।

एसिया कपमा भारतको संभावित टोली : रोहित शर्मा (कप्तान), शिखर धवन, शुभमन गिल, यशस्वी जैसवाल, ऋतुराज गायकवाड, इशान किशन (विकेटकिपर), विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, अर्शदीप सिंह र उमरान मलिक ।

 

थप समाचार :

टोटनह्यामले सोलोमनलाई पाँच वर्षको सम्झौतामा अनुबन्ध गर्यो

एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा राजीव विक्रम शाह निर्वाचित

अमेरिकामा मेजर लिग क्रिकेट आयोजना हुँदै

विश्व नम्बर २ जोकोभिच १२ औं पटक विम्बल्डनको सेमिफाइनलमा

भोन्ड्रोसोभा पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा

तेस्रो एकदिवसीयमा जित निकाल्दै बंगलादेशले बचायो लाज

टिप्पणी लेख्नुहोस्

Please Login to comment.