एशिया कपको खेल तालिका शुक्रबार सार्वजनिक हुने !
काठमाडौंँ । एसिया कपको खेल तालिका यसै साता शुक्रबार सार्वजनिक हुने बताइएको छ ।
आइपिएलका अध्यक्ष अरुण धूमलले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का सचिव जय शाह र पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख जाका अशरफबीच बिहीबार भएको भेटमा एसिया कपको तालिका तय गर्न छलफल भएको उनले पुष्टि गरेका छन् । 'उक्त बैठकमा एसिया कपको हाइब्रिड मोडललाई अनुमोदन गरिएको छ ।' धूमलले भने ।
उनले भने, 'बीसीसीआईका सचिवले पिसिबीका प्रमुख जाका अशरफलाई भेटेर एसिया कपको तालिका तय गरेका छन् । प्रतियोगिताको लिग चरणका चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछ । त्यस्तै फाइनल खेल श्रीलङ्काको दाम्बुलामा खेल्न सकिनेछ ।'
धूमलले पाकिस्तानी खेलकुद मन्त्री एहसान मजारीले दाबी गरेअनुसार भारतीय क्रिकेट टोली पाकिस्तान जाने भन्ने समाचारको खण्डन गरेका छन् । उनले भने, 'त्यस्तो कुनै छलफल भएको छैन । सबै गलत हो । न त भारतीय टिम पाकिस्तान जाँदैछ, न त हाम्रा सचिव नै त्यहाँ जानेछन् ।'
उनले पाकिस्तानले घरेलु मैदानमा एक मात्र खेल नेपालविरुद्ध खेल्ने बताए । अन्य तीन खेल अफगानिस्तान र बङ्गलादेश, बङ्गलादेश र श्रीलङ्का र श्रीलङ्का अफगानिस्तानबीचको खेल हुनेछ ।
धूमलले पाकिस्तानले विश्वकपमा भाग लिनका लागि सम्झौता गरेको बताए । "हामी आशा गरिरहेका छौं कि उनीहरु यो सम्झौताबाट पछि हटने छैनन र भारत आउने छन् ।"
थप समाचार :
बङ्गलादेशसँग बलदा लिने अवसर : प्रशिक्षक थापा
प्रधानमन्त्री कप : हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबको चौथो जित
अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

टिप्पणी लेख्नुहोस्