लेख विवरण

एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य

एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य

काठमाडौंँ । एसीसी इमर्जिङ एसिया कपमा श्रीलंकाले बङलादेशलाई ३ सय ५० रनको लक्ष्य दिएको । कोलम्बोमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय ४९ रन बनायो । टोलीका लागि ओपनर अविष्का फर्नान्डोले प्रतियोगिताकै पहिलो सतक प्रहार गर्दै १ सय ३३ रन बनाए । १ सय २४ बलको सामना गरेका फर्नान्डोले १३ चौंका र ३ छक्का प्रहार गरे ।

विकेटकिपर मिनोद भानुकाले पनि अर्धसतक बनाउदै ५५ बलमा ५७ रनको पारी खेले । उनले ४ चौंका र ३ छक्का प्रहार गरे । श्रीलंका लागि अन्य खेलाडीहरुमा पसिन्दु सूरियाबन्दरा (४३) र अशेन बन्दराले (३५) रन बनाउदा अर्का ओपनर लसिथ क्रुसपुल र कप्तान डुनिथ वेललेजले समान ३१-३१ रन बनाए । बङलादेशका लागि रिपन मण्डल र सौम्य सरकारले ३-३ विकेट लिए । रकिबुल हसन र महेदी हसनले समान १-१ विकेट लिए ।

एसियन क्रिकेट काउन्सील (एसीसी)ले आयोजना गरेको प्रतियोगितामा नेपालसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बङलादेश, अफगानिस्तान, युएई र ओमानका टोली रहेका छन् ।

प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो जुलाई १४ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । सो खेल १७ जुलाईमा हुनेछ । समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ ।

 

थप समाचार :

पहिलो मैत्रीपुर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग खेल्दै

महिला एशेज : रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई २ विकेटले हरायो

एसीसी इमर्जिङ कपमा श्रीलंका र बङलादेश तथा अफगानिस्तान र ओमान भिड्दै

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज १५० रनमा अलआउट

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो

एशिया कपको खेल तालिका शुक्रबार सार्वजनिक हुने !

टिप्पणी लेख्नुहोस्

Please Login to comment.