लेख विवरण

वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्णधारी सुमन सम्मानित

वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्णधारी सुमन सम्मानित

काठमाडौं । नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमनलाई वादोरियो कराते संघको तेश्रो केन्द्रीय महाधिवेशनको उद्घाटन अवसरमा सम्मान गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सुमनलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा श्रीलंकामा भएको तेश्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताका पदक विजेता कमरुद्दिन अली (स्वर्ण), सम्यम कँडेल (स्वर्ण), शोभाकर पन्त (रजत) र पुरुषोत्तम पोखरेल (रजत) सम्मानित भए । १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी ओपन करातेका स्वर्ण विजेता देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा कार्की, रजत विजेता आकृति कँडेल र कांस्य विजेता वैश्नवी शर्मालाई पनि सम्मान गरियो ।

त्यस्तै भारतमा भएको प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा स्वर्ण जितेका सागर काफ्ले, शरद कुँवर, अर्पण भण्डारी, विवेक विक, रजत जितेका सावित्री भण्डारी र मनीष रोका मगर तथा कांस्य विजेता युगन बस्याल र विसन थापा मगर पनि सम्मानित भए ।

 

थप समाचार :

एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिने : खेलकुदमन्त्री लिम्बू

एसीसी इमर्जिङ कप : ओमानलाई २ सय ६८ रनको लक्ष्य

एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य

पहिलो मैत्रीपुर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग खेल्दै

महिला एशेज : रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई २ विकेटले हरायो

एसीसी इमर्जिङ कपमा श्रीलंका र बङलादेश तथा अफगानिस्तान र ओमान भिड्दै

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.