लेख विवरण

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्कारोजलाई

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्कारोजलाई

काठमाडौं । विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक वरीयताका कार्लोस अल्कारोजले जितेका छन् । स्पेनका २० वर्षीय अल्काराजले सर्वियाका पाका खेलाडी नोभाक जोकोभिचलाई ३–२ को सेटमा हराउँदै उपाधि चुमेका हुन ।

आइतबार राति भएको फाइनलमा अल्काराजले ३६ वर्षीय जोकोभिचलाई १–६, ७–६९८–६०, ६–१, ३–६, ६–४ को सेटमा हराए । प्रतिस्पर्धात्मक खेलमा जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने सपनालाई अल्काराजले साकार पार्न दिएनन् ।

अल्काराज विम्बल्डन जित्ने सन् १९८६ यताको कान्छा खेलाडी बनेका छन् । महिलातर्फको उपाधि भने चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोउसोभाले जितेकी छन् ।

फाइनलमा उनले युक्रेनकी एलिना स्विटोलिनालाई ट्युनिसियाकी ओन्स जाबियरलाई ६–४, ६–४ को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् । मार्केटाको पनि यो पहिलो विम्बल्डन उपाधि हो । एजेन्सी

 

थप समाचार :

बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण सिरिज जितेर फुटबल टोली स्वदेश फर्कियो

एसीसी इमर्जिङ एसिया कप : भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै

भारतविरुद्ध नेपाल : भुर्तेल शुन्य रनमा आउट

इमर्जिङ टिम्स एसिया कप : नेपालको दोस्रो विकेट पतन

एसियन गेम्स क्रिकेटमा एसियाका शीर्ष चार टोलीले सोझै क्वाटरफाइनल खेल्ने

एसीसी इमर्जिङ एसिया कप : नेपालले सोमबार भारतको सामना गर्दै

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.