लेख विवरण

युरोपेली फुटबल क्लबबाट खेल्न जान लागेकी भण्डारीलाई मन्त्री लिम्बूको बधाई

युरोपेली फुटबल क्लबबाट खेल्न जान लागेकी भण्डारीलाई मन्त्री लिम्बूको बधाई

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गरेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गरेका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले फुटबल खेलप्रतिको लगन र मिहेनतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गरेकी खेलाडी भण्डारीलाई शुभकामनासहित बधाई दिएका हुन् ।

उनको प्रशंसा गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तर वृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुने अपेक्षा गरे । लम्जुङ सिमपानी निवासी खेलाडी भण्डारीले नेपालको राष्ट्रिय फुटबल टोलीमा सम्लग्न रही विभिन्न प्रतियोगितामा कौशल प्रदर्शन गरेर राष्ट्रको शान बढाउन पु¥याएको योगदानको मन्त्रालयले उच्च प्रशंसा गरेको छ ।

युरोपेली क्लबमा आबद्ध हुने पहिलो महिला खेलाडी उनी आगामी अगस्तको पहिलो साता त्यसतर्फ प्रस्थान गर्नेछिन् ।

यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिकरुपमा रही लिग खेल खेलेकी थिएन । नेपाली फुटबल खेलको दुनियाँमा उनको छवि फर्वाड खेलाडीका रुपमा चर्चित छ ।

 

थप समाचार :

एसीसी इमर्जिङ एसिया कपमा नेपालको पहिलो जित, युएईलाई ३ विकेटले हरायो

एसीसी इमर्जिङ एसिया कप : अर्जुन शुन्य रनमा आउट

एसीसी इमर्जिङ एसिया कप : युएईले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य

मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)

एसीसी इमर्जिङ एसिया कप : नेपाल टस हारेर बलिङ गर्दै

कुस्ती महासंघका अध्यक्षलाई यौन उत्पीडन मुद्दामा अन्तरिम जमानत

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.