लेख विवरण

कुस्ती महासंघका अध्यक्षलाई यौन उत्पीडन मुद्दामा अन्तरिम जमानत

कुस्ती महासंघका अध्यक्षलाई यौन उत्पीडन मुद्दामा अन्तरिम जमानत

काठमाडौंँ । दिल्लीको राउज एभिन्यू अदालतले मङ्गलबार भारतीय कुस्ती महासंघका अध्यक्ष तथा भाजपा सांसद बृजभूषण शरण सिंहलाई महिला कुस्ती खेलाडीलाई यौन दुर्व्यवहार गरेको मुद्दामा अन्तरिम जमानत दिएको छ। उनले २५ हजार भारतीय रुपैयाको व्यक्तिगत धरौटीमा २ दिनको जमानत पाएका हुन् । उनी बाहेक विनोद तोमरले पनि जमानत पाएका छन् । अब जुलाई २० मा अदालतले नियमित जमानतको मुद्दामा सुनुवाइ गर्नेछ। बृजभूषण शरण सिंहको फैसला नआएसम्म उनी अन्तरिम जमानतमा रहनेछन ।

बृजभूषण शरण सिंह बाहेक उनका निकट सहयोगी र कुस्ती संघका सहायक सचिव विनोद तोमरले पनि अन्तरिम जमानत पाएका छन् । उनलाई यस मुद्दामा बृजभूषण शरण सिंहसँगै सह अभियुक्त बनाइएको छ । महिला कुस्ती खेलाडीहरूले उनीमाथि बृजभूषण शरण सिंह एक्लै भएको बेला उनले भेटगराउने गरेको आरोप लगाएका छन् ।

दिल्ली प्रहरीले बृजभूषण शरण सिंह र विनोद तोमरविरुद्ध ६ जना महिला कुस्ती खेलाडीले लगाएको यौन दुर्व्यवहार आरोपमा मुद्दा दायर गरेको छ । आरोपपत्रमा विनोद तोमरले कुस्ती संघका अध्यक्षलाई सहयोग गर्ने गरेको उल्लेख छ ।

दिल्ली प्रहरीको चार्जशीट अनुसार उजुरीकर्ता कुस्ती खेलाडीहरुलाई बृजभूषण शरण सिंहको दिल्लीस्थित कार्यालयमा एक्लै भेट्न बोलाइएको थियो । एक घटनामा महिला कुस्ती खेलाडीकी श्रीमान र अर्कोमा खेलाडीको प्रशिक्षकलाई भित्र जान रोकिएको थियो ।

महिला खेलाडीलाई यौन दुर्व्यवहार गरेको भन्दै बृजभूषण शरण सिंहको गिरफ्तारी माग गर्दै साक्षी मलिक, बजरंग पुनिया र विनेश फोगाट जस्ता ठूला कुस्ती खेलाडीहरुले दिल्लीको जन्तर मन्तरमा ३८ दिनसम्म धर्ना दिएका थिए। तर, प्रहरीले गत मे २८ मा शान्ति सुरक्षाको कारण देखाउँदै कुस्ती खेलाडीहरुलाई धर्नाबाट हटाएको थियो । त्यसपछि भारतका गृहमन्त्री अमित शाह र खेलकुद मन्त्री अनुराग ठाकुरले कुस्ती खेलाडीहरुसँग भेटघाट गरेका थिए। खेलकुद मन्त्रीले खेलाडीहरुलाई जुन १५ सम्ममा यस विषयमा आरोपपत्र दायर गर्ने वाचा गरेका थिए । यसपछि उनीहरूले धर्ना समाप्त गरेका थिए।

 

थप समाचार :

किरण थप एक वर्षका लागि पञ्जाव एफसीमा अनुबन्ध

पौडी टोलीको बिदाइ

युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई २५ लाख प्रायोजन गर्यो

कराते खेलाडी यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी

ग्लोबल टी २० खेल्न सन्दीप क्यानडा प्रस्थान

केभिन सिन्क्लेयर पहिलो पटक वेस्ट इन्डिजको टेस्ट टोलीमा

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.