Article detail

केभिन सिन्क्लेयर पहिलो पटक वेस्ट इन्डिजको टेस्ट टोलीमा

केभिन सिन्क्लेयर पहिलो पटक वेस्ट इन्डिजको टेस्ट टोलीमा

काठमाडौंँ । अफ स्पिन अलराउन्डर केभिन सिन्क्लेयरलाई दोस्रो टेस्टका लागि वेस्ट इन्डिजको टोलीमा बोलाइएको छ । वेस्ट इन्डिजले पहिलो टेस्टमा भारतसँग लज्जास्पद हार बेहोरेको थियो । सिन्क्लेयरले ब्याटिङ अलराउन्डर रेमन रेफरको स्थान लिनेछन् । १३ सदस्यीय क्यारेबियन टोलीमा यो एकमात्र परिवर्तन गरिएको छ । रेफर चोटका कारण टोलीबाट बाहिरिएका छन् ।

२३ वर्षीय सिन्क्लेयरले १८ प्रथम श्रेणी खेलमा २४ को औसतमा ५४ विकेट लिएका छन् । उनले ६ अर्धशतक सहित २९ को औसतमा ७५६ रन बनाएका छन् । यस वर्षको सुरुमा वेस्ट इन्डिज ए बाट बंगलादेश ए विरुद्ध खेल्दै उनले २६ को औसतमा १३ विकेट लिएका थिए भने ५० को औसतमा १४९ रन बनाएका थिए ।

उनले वेस्ट इन्डिजका लागि सात एकदिवसीय र छ टी(२० खेल्ने क्रममा क्रमशः ११ र ४ विकेट लिएका छन्। पहिलो टेस्टमा बिमारी भएका कारण बाहिरिएका स्पिन अलराउन्डर रहकीम कोर्नवाललाई पनि टोलीमा बोलाइएको छ ।

दोस्रो टेस्ट पोर्ट अफ स्पेनमा जुलाई २० मा सुरु हुनेछ। भारत र वेस्ट इन्डिजबीचको यो १००औँ टेस्ट हुनेछ । दुई टोलीबीचको इतिहासमा पहिलो टेस्ट सन् १९४८ मा दिल्लीमा भएको थियो।

 

थप समाचार :

युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई प्रायोजन गर्ने

राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

ब्राजिलका एन्जेलो गाब्रियल इंग्लिस फुटबल क्लब चेल्सीमा

इन्टर मियामीमा मेस्सीलाई भव्य स्वागत

पहिलो टेस्टको दोस्रो दिन पाकिस्तानले गर्यो पुनरागमन

नेपाल भारतसँग ९ विकेटले पराजित

 

Write A Comment

Please Login to comment.