Article detail

भेन्ड्रोसोभा पहिलोपटक विम्वल्डनको फाइनलमा

भेन्ड्रोसोभा पहिलोपटक विम्वल्डनको फाइनलमा

काठमाडौंँ । चेक गणतन्त्रकी २४ वर्षीया मार्केटा भेन्ड्रोसोभाले पहिलोपटक विम्वल्डन फाइनलमा आफ्नो यात्रा तय गरेकी छिन् । एक घन्टा १४ मिनेटको संघर्षपछि भेन्ड्रोसोभाले युक्रेनकी एलिना स्भिटोलिनालाई सेमिफाइनलमा ६-३ र ६-३ को सोझो सेटमा पराजित गर्दै पहिलोपटक फाइनलमा आफ्नो स्थान पक्का बनाएकी हुन् ।

अब भेन्ड्रोसोभाले विम्वल्डनको फाइनलमा छैटौं बरियताकी वन्स जाभियोरसँग भोलि शनिबार फाइनल प्रतिस्पर्धा गर्नेछिन् । ट्युनिसियन वन्स जाभियोरले गएरातीको खेलमा दोस्रो बरियताको बेलारुसकी आर्याना सावालान्कालाई ७-६, ६-४ र ६-३ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।

पुरुषतर्फको सेमिफाइनल खेलहरु भने आज खेलिंदैछ । सेमिफाइनलमा विश्व बरियतामा पहिलो नम्बरमा रहेका अल्काराजले तेस्रो बरियताका मेड्भेदेवसँग प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो बरियताका जोकोभिचले आठौं बरियताका ज्यानिक सिनेरसँग आमनेसामने गर्दैछन् । खेल लण्डनको सेन्टर कोर्टमा नेपाली समय साँझ ६:१५ बजेबाट सुरु भएको छ ।

 

थप समाचार :

एन्फाले यु–१६ राष्ट्रिय टोली निर्माणका लागि खुला छनौट गर्दै

उदयपुरमा झरी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु

यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस विजयी

एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने

यश धुलको शतकमा भारतले युएईलाई हरायो

टेबलटेनिस खेलाडीलाई सम्मान तथा बिदाइ

Write A Comment

Please Login to comment.