Article detail

एन्फाले यु–१६ राष्ट्रिय टोली निर्माणका लागि खुला छनौट गर्दै

एन्फाले यु–१६ राष्ट्रिय टोली निर्माणका लागि खुला छनौट गर्दै

काठमाडौंँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१६ राष्ट्रिय टोलीका लागि खुला छनौट गर्ने भएको छ । एन्फाले देशभरि खुला छनौट कार्यक्रम गरेर यु–१६ राष्ट्रिय टोली निर्माण गर्ने जनाएको छ । त्यसका लागि एन्फाले आफू मातहत रहेका प्रदेश फुटबल संघ र जिल्ला फुटबल संघहरुलाई जानकारीसहित पत्राचार समेत गरेको छ । छनौट कार्यक्रम जिल्ला, प्रदेश हुँदै केन्द्रमा गरी तीन चरणमा हुने एन्फाले जनाएको छ ।

आउँदो भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुने साफ यु–१६ च्याम्पियनसिपका लागि राष्ट्रिय टोली निर्माण गर्न खुला छनौट कार्यक्रम आयोजना गरिने एन्फाले जनाएको छ । एन्फाका अनुसार साउन १ देखि ४ गतेसम्म जिल्लास्तरीय छनौट हुनेछ भने साउन ६ देखि १४ गतेसम्म प्रदेशस्तरीय छनौट कार्यक्रम हुनेछ । त्यस्तै अन्तिम छनौट कार्यक्रम भने साउन १६ देखि २० गतेसम्म सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

छनौट कार्यक्रममा सहभागित जनाउनका लागि सहभागि हुने खेलाडीहरुको जन्म वि.सं. २०६४ पौष १७ गते (सन् २००८ को जनवरी १) पछि हुनुपर्नेछ एन्फाको पत्रमा उल्लेख छ । साथै सम्बन्धित खेलाडीहरुले नाबालक परिययपत्र, नागरिकता वा पासपोर्ट अनिवार्य रुपमा लिएर आउनुपर्ने एन्फाले जनाएको छ ।

छनौट कार्यक्रमबारे विस्तृत रुपमा जान्नका लागि तल दिइएको पत्र हेर्नुहोस् ।

 

थप समाचार :

उदयपुरमा झरी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु

यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस विजयी

एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने

यश धुलको शतकमा भारतले युएईलाई हरायो

टेबलटेनिस खेलाडीलाई सम्मान तथा बिदाइ

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्ने

 

Write A Comment

Please Login to comment.