एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिने : खेलकुदमन्त्री लिम्बू
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् ।
राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।
उनले विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका बालबालिकाका लागि खेलसम्बन्धी शिक्षा दिँदै सोही क्षेत्रबाट खेलकुदको विकास तथा विस्तारको थालनी गर्ने बताए । मन्त्री लिम्बूले देशका लागि पसिना बगाउने खेलाडीमा बीमाको समस्या रहेको भन्दै खेलाडीको जीवन बीमाको विषयमा छुट्टै नीति बनाउने गृहकार्य भइरहेको बताए ।
उनले भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकाले आगामी दिनमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा छुट्टै एकाई निर्माण गर्ने तयारी गरेको जानकारी दिए ।
उनले बच्चादेखि सिनियर नागरिकसम्मको चासो रहेको क्रिकेटको विकासका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मूलपानी, विराटनगर र नारायणी रङ्गशाला पर्साको भौतिक पूर्वाधारका निर्माणमा पूर्णता कायम गर्न आवश्यक रहेको भन्दै यसो गर्न सके नेपालमा १२ महिना नै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने बताए ।
थप समाचार :
एसीसी इमर्जिङ कप : ओमानलाई २ सय ६८ रनको लक्ष्य
एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य
पहिलो मैत्रीपुर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग खेल्दै
महिला एशेज : रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई २ विकेटले हरायो
एसीसी इमर्जिङ कपमा श्रीलंका र बङलादेश तथा अफगानिस्तान र ओमान भिड्दै
भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज १५० रनमा अलआउट
भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो

टिप्पणी लेख्नुहोस्