लेख विवरण

श्रीलंकाविरुद्धको टेष्टमा पाकिस्तानको जित लगभग पक्का

श्रीलंकाविरुद्धको टेष्टमा पाकिस्तानको जित लगभग पक्का

काठमाडौंँ । श्रीलंका र पाकिस्तानबीच जारी २ टेस्ट सिरिजको पहिलो खेलको चौथो दिन सकिँदा पाकिस्तानले आफ्नो दोस्रो इनिङ्समा ४८ रन बनाएर ३ विकेट गुमाएको छ। पहिलो टेस्ट जित्नका लागि पाकिस्तानले अब थप ८३ रन जोड्नुपर्नेछ। योसँगै आयोजक श्रीलंकालाई जितको लागि ७ विकेट आवश्यक रहेको छ । चौथो दिनको खेल सकिँदा पाकिस्तानका इमाम उल हक २५ र कप्तान बाबर आजम ६ रन बनाएर खेलिरहेका छन् ।

पहिलो टेष्टको चौथो दिनको खेल सुरु हुँदा श्रीलंकाको स्कोर बिना कुनै विकेट १४ रन थियो । त्यसपछि ४२ रनको स्कोरमा टोलीलाई पहिलो झटका कप्तान करुणारत्नेको रूपमा लाग्यो, उनी २० रन बनाएर प्याभिलियन फर्किएका थिए । निशान्त मधुशंकाले ५२ रनको इनिङ खेले तर त्यसबेला सम्म श्रीलंकाको आधा टोली १५९ रनको स्कोरमा प्याभिलियन फर्किएको थियो ।

पहिलो इनिङ्समा शतक प्रहार गरेका धनञ्जय डि सिल्भाले श्रीलंकाको इनिङ्सलाई सम्हाल्दै रन बनाउने क्रम जारी राखे । धनञ्जय र रमेश मेन्डिसले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । खेलमा श्रीलंका दोस्रो इनिङ्समा २७९ रनमा समेटिएको थियो ।

धनञ्जय डि सिल्भाको ब्याटबाट ११८ बलमा १० चौका र २ छक्का सहित ८२ रन बन्यो । यसबाहेक रमेश मेन्डिसले पनि ४२ रन बनाए । दोस्रो इनिङ्समा पाकिस्तानका लागि अबरार अहमद र नौमान अलीले ३–३ तथा आगा सलमान र शाहिन अफ्रिदीले २–२ विकेट लिए ।

१३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले चौथो दिनको खेलमा १५ ओभरसम्म ब्याटिङ गर्ने मौका पाएको थियो । यस क्रममा पाकिस्तानले ४८ रन बनायो र महत्वपूर्ण ३ विकेट पनि गुमाएको थियो । जसमा अब्दुल्लाह शफिक, शान मसूद र नुमान अली रहेका छन् । श्रीलंकाका लागि प्रभात जयसूर्याले २ विकेट लिए ।

 

थप समाचार :

भारतले पाकिस्तानलाई ८ विकेटले हरायो, साई सुदर्शनले खेले १०४ रनको अविजित इनिङ

टेस्ट क्रिकेटमा ब्रोडको ६ सय विकेट पुरा

एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने

सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण

सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या : सदस्यसचिव वाग्ले

मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन

टिप्पणी लेख्नुहोस्

Please Login to comment.